१६ असार २०८३, मंगलबार

मकवानपुरमा बोलेरो दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

मकवानपुरमा बोलेरो दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् । 

बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन (चालक) र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा पठाइएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्