
काठमाडौं – भारतको पूर्वोत्तर राज्य सिक्किममा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का नेता तथा मुख्यमन्त्री पवन कुमार चाम्लिङले २५ वर्षको सत्ता बचाउन सकेनन् ।
उनी सन् १९९४ देखि मुख्यमन्त्री थिए । चाम्लिङ सबभन्दा धेरै सयसम्म मुख्यमन्त्री बन्ने एक्ला नेता हुन् ।
उनको २६ वर्ष पुरानो पार्टीलाई ६ वर्षअघि बनेको सिक्किम क्रान्तिकारी पार्टी (एसकेएम) ले कडा टक्कर दिएर हरायो ।
विधानसभा चुनावमा ३२ सीटमध्ये एसडीएफले १५ र एसकेएमले १७ सीट जिते । सत्ता चलाउन १७ सीत आवश्यक हुन्छ ।
चाम्लिङ सन् १९९४ को डिसेम्बर २ मा सत्तामा आएका थिए । उनले १९९९, २००४, २००९ र २०१४ मा चुनाव जितेका थिए ।
एसकेएमका संस्थापक नेता प्रेम सिंह तामाङ सिक्किमका नयाँ मुख्यमन्त्री हुन सक्छन् । उनले सन् २०१३ मा एसकेएम गठन गरेका थिए ।
राजनीतिमा आउनुअघि तामाङ सरकारी शिक्षक थिए । उनले आफूलाई जिताएकोमा सिक्किमका जनतालाई धन्यवाद दिए ।
एजेन्सी