
काठमाडौं –धरानस्थित जीवन विकास बैंकका कर्मचारी शम्भुप्रसाद गच्छादारमाथि गोली प्रहार भएको छ ।
बैंकको कामको सिलसिलामा धरानबाट केही पर गाउँमा पुगेका बेला गच्छदारमाथि गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले लोकान्तरलाई बताए ।
गच्छदारसँग रहेको झोला लुट्ने क्रममा गोली प्रहार भएको प्रारम्भिक जानकारी आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
गच्छदारको बीपी कोइराला मोमोरियल अस्पताल धरानमा उपचार भएरहेको छ ।