२१ असार २०८३, आइतबार

सत्तारुढ सांसदले भने– ज्यान जोगाइ पाउँ भन्नुपर्ने अवस्था आयो !

सत्तारुढ सांसदले भने– ज्यान जोगाइ पाउँ भन्नुपर्ने अवस्था आयो !
फाइल तश्वीर

काठमाडौं– सत्तारुढ नेकपाका एक सांसदले संसदका कुर्सीका कारण सांसदहरूको ज्यान धरापमा परेको भन्दै फेर्न संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर नेकपाका खगराज अधिकारीले संसद भवनका कुर्सी धराप भएको बताएका हुन् । 

‘चार पटक भयो सभामुख महोदय यहाँबाट लडेको, अहिलेसम्म दुर्घटना भएको छैन, आगामी दिनमा यस्ता कुर्सी नराखियोस् । संसदमा धराप भयो, ज्यान जोगाइपाउँ भन्नुपर्ने अवस्था आयो,’ अधिकारीले भने । 

सांसद अधिकारीको मागमा गम्भीर रूपले ध्यानाकर्षण भएको सभामुख महराले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्