
काठमाडौं– वल्र्ड कप २०१९को अष्ट्रेलिया र भारतबीचको खेलमा भारतले राम्रो सुरुवात गरेको छ ।
लण्डलनको ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको भारतले राम्रो सुरुवात गरेको हो ।
भारतका लागि ओपनर गरिरहेका शिखर धवन र रोहित शर्मा दुवै व्याट्समेनले अर्धसतक गरेका छन् ।
भारतले २१ ओभरमा १ सय २१ रन बनाएको छ । सो क्रममा रोहित शर्मा ५७ रनमा आउट भएका छन् भने शिखर धवन ६६ रनमा नट आउट व्याटिङ गरिरहेका छन् ।