
काठमाडौं – भ्रष्टाचार नगर्ने र भ्रष्ट कर्मचारीप्रति निर्मम बन्ने छवी बनेको छ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको तर मितव्ययी र पारदर्शी भनेर चिनिने मन्त्री यादवले मन्त्रालय र संस्थानका गाडीमा भने रजाइ गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ३ वटा गाडी लिएका छन् मन्त्री यादवले । मन्त्रालयले लोकान्तर डटकमलाई उपलव्ध गराएको विवरणमा बा२झ १०७३ नम्बरको सोनाटा कार, बा२झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा२ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको विवरणले देखाउँछ ।
यसबाहेक मन्त्री यादवका सल्लाहकारको नाममा पनि एउटा गाडी छुट्ट्याइएको छ । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।
३ वटा गाडीले नपुगेर मन्त्री यादवले नेपाल आयल निगमको बा१ञ २१३७ नम्बरको टाटा स्ट्रोम जीप प्रयोग गरिरहेका छन् । निगमले लोकान्तरलाई उपलव्ध गराएको विवरणमा जीप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयलाई उपलव्ध गराइएको उल्लेख छ ।
मन्त्रीको सचिवालयमा गएको गाडी २०७३ असोजमा ५५ लाख २८ हजारमा किनिएको हो । मन्त्रीको सचिवालयले प्रयोग गर्ने जीपको इन्धन पनि निगमले उपलव्ध गराउँछ ।
इन्धनमा कर्मचारीको हालीमुहाली !
निगमका कर्मचारीले अन्य सरकारी निकायका कर्मचारीभन्दा धेरै इन्धन सुविधा लिएका छन् । एउटै मोडलका गाडी र एउटै तहका कर्मचारीले लिने इन्धनको परिमाण फरक–फरक छ ।
बा१ञ २१९३ नम्बरको फोर्ड गाडी चढ्ने आपूर्ति तथा वितरण विभागका निर्देशकले मासिक २ सय ४६ लिटर इन्धन लिने गरेका छन् । बा१ञ २१९० नम्बरको सोही मोडलको गाडी चढ्ने अर्का निर्देशकले मासिक १ सय २० लिटर इन्धन पाउछन् ।
निगमले बाड्ने इन्धनको काटोमा एकरुपता छैन । नायक कार्यकारी निर्देशकले मासिक १ सय ४० लिटर इन्धन लिइरहेका छन् । एलपीजी तथा एभिएसन निर्देशकले मासिक १ सय ८४ लिटर इन्धन लिइरहेका छन् ।
मोटरसाइकल प्रयोगकर्ता कर्मचारीलाई दिइने मासिक इन्धनमा पनि एकरुपता छैन । बा१म १९६९ नम्बरको मोटरसाइकल प्रयोग गर्ने कार्यालय सहयोगीले मासिक २० लिटर इन्धन लिने गरेको निगमले लोकान्तरलाई उपलव्ध गराएको विवरणमा उल्लेख छ । बा१म २१६२ नम्बरको स्कुटर चढ्ने उपप्रबन्धकले मासिन १० लिटर मात्र इन्धन पाएको देखिन्छ ।
२ पाङ्ग्रे चढ्ने अधिकाशंले मासिक १५ लिटर इन्धन पाउने गरेका छन् । अर्थ मन्त्रालयले मोटरसाइकल प्रयोग गर्ने कर्मचारीलाई मासिक १० लिटर इन्धन उपलव्ध गराउने निर्देशिका जारी गरेको थियो । उपनिर्देशक (नवौं तह) का कर्मचारीलाई कार्यालय आउन र जानको लागि पीकअपको व्यवस्था गरिएको छ ।
कर्मचारी नेतालाई हाइलक्स गाडी !
निमगमा रहेका २६ वटा गाडीमध्ये ४ वटा लिलाममा राखिएको छ । चालू अवस्थामा रहेका २२ वटा गाडीमध्ये ७ वटा पुलमा छन् । ती गाडी कार्यालयको दैनिक काममा प्रयोग हुने निगमले दिएको विवरणमा उल्लेख छ । १९ वटा मोटरसाइकलमध्ये एउटा काम नलाग्ने अवस्थामा छ ।
नेपाल आयल निगम कर्मचारी संघबाट निगमको आमन्त्रित सञ्चालक समिति सदस्यले हाइलक्स गाडी चढ्छन् । बा१ञ १०६९ नम्बरको गाडीलाई गुडे अनुसारको इन्धन दिइने गरेको छ । निगमका कार्यकारी निर्देशकपछि गाडी गुडे अनुसार इन्धन पाउने उनी मात्र हुन् ।
निगमका कार्यकारी निर्देशक सवा करोडको टोयटा र्याभ ४ गाडी चढ्छन् । बा१ञ २१४४ नम्बरको गाडी १ करोड २४ लाखमा किनिएको हो । उनले पनि गाडी गुडे अनुसार इन्धन पाइने गरेका छन् ।
हेर्नुस् सवारीसाधन प्रयोगकर्ताको विवरण :-


हेर्नुहोस्, यसअघिका २४ भाग :
भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !
भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !
भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा
भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग
भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा
भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !
भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन
भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !
भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !
भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग
भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]