३० असार २०८३, मंगलबार

उर्जा क्षेत्रमा लगानी गर्न जाइकालाई नेपालको आग्रह

उर्जा क्षेत्रमा लगानी गर्न जाइकालाई नेपालको आग्रह

काठमाडौं– सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजनाले निर्माणको चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लगानीका जाइकालाई आग्रह गरेको हो ।
कूल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत आयोजनामा जाइकाको लगानी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जाइकाका दक्षिण एशियाली महानिर्देशक हारा सोहेइबीच मंगलवार भएको भेटका क्रममा मन्त्री पुनले उक्त आग्रह गरेका हुन् । 
मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा जाइकाले पु¥याएको सहयोगको सराहना गर्दै थप लगानीका लागि आग्रह गरे । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै मन्त्री पुनले जाइकालाई थप लगानी गर्न आग्रह गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव सागर गौतमले बताए ।
नेपालले पछिल्ला दिनमा चीन, भारत, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा सहकार्यका लागि द्विपक्षीय संयन्त्र स्थापना भइसकेको र जापानसँग पनि त्यस्तो संयन्त्र स्थापनाका लागि पहल भइरहेको मन्त्री पुनको भनाई थियो ।
 नेपालको ऊर्जा क्षेत्रमा जापानका निजी क्षेत्रलाई लगानीका लागि जाइकाले अभिप्रेरित गर्न सक्नेतर्फ समेत मन्त्री पुनले जाइकाका प्रतिनिधिमण्डललाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्