२१ जेठ २०८३, बिहीबार

मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै

असार १, २०७६
मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै

काठमाडौँ– नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । 

 यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । 
चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ ।
यसवर्षको मे महिनामा अर्थात् वैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो । तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो । यस्तै मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो । 
मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम छ । गतवर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ । वैशाख २९ गते पोखरामा ३२.७ डिग्री तापक्रम थियो । 
अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो । तर अहिले बढेर ३८.०डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ । गाेरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्