३१ जेठ २०८३, आइतबार

एनआईसी एशिया बैंक र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एशिया बैंक र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा पोलिसीहरू खरीद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकज्यूले हस्ताक्षर गरे । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरू, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकका करीब १६ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्