२२ असार २०८३, सोमबार

राजिनामा दिएका राहुलको भावुक पत्र : म माथि पार्टी र देशप्रेमको ऋण छ

राजिनामा दिएका राहुलको भावुक पत्र : म माथि पार्टी र देशप्रेमको ऋण छ

काठमाडौँ - भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले औपचारिक रूपमा अध्यक्ष पदबाट राजिनामा दिएको पुष्टि गरेका छन् ।

बुधवार आफ्नो राजिनामा घोषणा गर्दै राहुलले ट्वीटरमार्फत पत्र पनि सार्वजनिक गरेका हुन् । राहुलले अरू कसैलाई जवाफदेही बनाउनुभन्दा पहिला आफैं जवाफदेही हुनुपर्ने भन्दै आफ्नो राजिनामापत्र सार्वजनिक गरेका हुन् ।

राहुलले आफ्नो राजिनामा पत्रमा कांग्रेसका लागि काम गर्न पाउनु आफ्नो लागि सम्मानको विषय रहेको उल्लेख गरेका छन् ।

'ममाथि पार्टी र देशको प्रेमको ऋण छ,' पत्रमा राहुलले भनेका छन्, 'म यसप्रति आभारी छु । कांग्रेसको अध्यक्षका रूपमा २०१९ को लोकसभा निर्वाचनको हारको जिम्मेवारी मेरो हुन्छ । भविष्यमा पार्टी बिस्तारका लागि जवाफदेही आवश्यक पर्छ र यही कारणले मैले अध्यक्ष पदबाट राजीनामा दिएको हुँ ।'

राहुलले पत्रमा सत्तारूढ भारतीय जनताप्रति आफ्नो कुनै द्वेष नरहेको उल्लेख गरेका छन् ।

'बिजेपीविरुद्ध मेरो मनमा कुनै द्वेष छैन,' उनले भनेका छन्, 'तर भारतका बारेमा बिजेपीले राख्ने विचार सही छैन, त्यसको विरोध गर्न चाहन्छु । जहाँ उनीहरूले पृथकतावाद देख्छन्, मैले समानता देख्छु, जहाँ उनीहरूले घृणा देख्छन्, त्यहाँ मैले प्रेम देख्छु ।'

salt training

कमेन्ट गर्नुहोस्