साउन २७, २०७६
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
असार २१, २०७६
जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् ।
शिक्षा संकायमा स्नातकोत्तर गरेका झा लोक सेवा आयोगको जाँच उत्तीर्ण गरेपछि नेपाल सरकारको जागिरे भएका हुन् ।
दृष्टिविहीन भएर केही पनि गर्न सकिन्न, जिन्दगी नै सक्कियो भन्ने बुझ्नेका लागि उनी एउटा उदाहरण बनेका छन् । सामान्य मानिसले प्राप्त गर्ने उपलब्धि दृष्टिविहीन मानिसले पनि प्राप्ति गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन् भविष्य ।
उनी दृष्टियुक्त मानिसजस्तै इन्टरनेट चलाउछन्, फेसबूक चलाउछन्, देशविदेशका हरेक कुराबाट अवगत छन् । उनले सिनेमा हलमै पुगेर धेरै सिनेमा पनि हेरेका छन् ।
‘अरु मानिसले सिनेमा हेर्छन्, तस्वीरसहित हेर्छन् तर मैले अनुभूति गर्ने गरी हेर्छु,’ उनले भने । उनले टेलिभिजनका अन्तर्वार्ता पनि हेर्छन् । अरु मानिसजस्तै उनी पनि सुतेको बेला सपना देख्छन् तर सपनामा उनले गरे भोगेका कुरा देख्ने गर्छन् । ‘सपना हेर्दा दृश्य सहितको सपना त हुँदैन तर सपना भने देख्ने गरेको छु,’ भविष्यले भने ।
प्रविधिको उच्चतम् विकास भएका कारण विभिन्न किसिमका एप्सका कारण जीवन सहज छ । जन्मजात दृष्टिविहीन भएकोमा उनलाई कुनै पछुतो पनि छैन । काठमाडौंमा हुँदा त केही पनि समस्या थिएन तर जनकपुरमा बस्दा भने समस्या भइरहेको उनले बताए ।
‘यहाँ सडकमै छाडा गाईवस्तु, चौपाया हुन्छन्,’ भविष्यले भने, ‘हामी हिँड्ने फूटपाथमा पसल खुलेका हुन्छन्, सडकमै निर्माण सामग्री बालुवा, इँटा, छड राखिएको हुन्छ ।’ सडकमा निर्माण सामग्री हुँदा अप्ठ्यारो हुने गरेको उनले बताए ।
उनले आंशिक दृष्टिविहीन पूजासँग विवाह गरेका छन् । पत्नी पूजासँगै कार्यालय आउने र घर जाने गरेको उनले बताए । काठमाडौंजस्तो लठ्ठी लिएर हिँड्ने माहोल जनकपुरमा नरहेको उनले गुनासो गरे । दृष्टिविहीनलाई काठमाडौंजस्तो सडक पार गराउन सहयोगी भावनाको समेत अभाव देखिएको छ ।
संघर्षपूर्ण विगत
महोत्तरीको सुगाका दिगम्बर झा र अन्जुदेवी झा दम्पतीले छोराको रुपमा भविष्यलाई जन्माएको ७ महिनापछि मात्रै दृष्टिविहीन भएको थाहा पाए । मामाघरमा गएको बेला बच्चाहरूसँग खेल्दा बल समात्न नसकेपछि उनले आँखामा समस्या रहेको थाहा पाइएको थियो ।
भविष्यका बुवाले नेपाल र भारतका विभिन्न अस्पतालमा उनको आँखाको उपचार गराउने कोसिस त गरे तर जन्मजात नै पूर्णरुपले दृष्टिविहीन भएकाले उपचार सम्भव नरहेको जवाफ डाक्टरहरूले दिए । शिक्षण पेशामा आवद्ध बुवा दिगम्बरले छोरालाई शिक्षा दिन खोजिरहेका थिए तर उनको दृष्टि नहुँदा त्यो शिक्षाले काम गरिरहेको थिएन ।
महोत्तरी जिल्लाको बसबिट्टी गाउँको श्री माविमा दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै शिक्षक राखेर विशेष कक्षा सञ्चालन भइरहेको थियो । नेपाल अन्धा कल्याण संघ गैरसरकारी संस्थाले २०४३ सालमा एकीकृत शिक्षा अन्तर्गत दृष्टिविहीन विद्यार्थीका लागि विशेष शिक्षक नियुक्त गरेर शिक्षा दिलाउने बन्दोबस्त गरेको थियो । विद्यालयमा ८ विद्यार्थीका लागि कोटा छुट्याइएको थियो । भविष्यले ८ वर्षको उमेरमा दृष्टिविहीनको औपचारिक शिक्षा ‘विशेष शिक्षा’ लिन प्रारम्भ गरेका थिए । विशेष शिक्षालाई हाल समाहित शिक्षा भनिएको छ ।
विद्यालयमा भविष्यले छुट्टै लिपी ‘ब्रेल लिपी’ अन्तर्गतको पढाइ शुरू गर्ने अवसर पाए । दृष्टिविहीनको अध्ययनका लागि छुट्टै लिपी बनेको छ, जसलाई ब्रेल लिपी भनिएको हो । देवनागरी लिपी कलमले लेखेको अक्षर हुन्छ भने ब्रेल लिपीमा प्वालको अंक गनेर अक्षर चिनिने गरिन्छ । भविष्यले भने, ‘१ र ३ अंकको संकेत ‘क’ हुन्छ, ४ र ६ अंकको संकेत ‘ख’ हुन्छ, १, २, ४ र ५ अंकको संकेत ‘ग’ हुन्छ, १,२ र ६ अंकको संकेत ‘घ’ हुन्छ ।’ यसरी १ देखि ६ वटा अंकसम्मको संकेतले नै देवनागरी लिपिको अदेखि अःसम्म, कदेखि ज्ञसम्म वा अंग्रेजीको ए देखि जेडसम्मको अक्षर बनेको हुन्छ ।
ब्रेल लिपी सिकेपछि धनकुटाको सरस्वती मावि सिधुवामा भर्ना भएर उनले ५ कक्षासम्म पढाइ गरे । त्यसपछि धरानमा एउटा छुट्टै दृष्टिविहीनको लागि विद्यालय छ भन्ने कुरा उनका बुवाले थाहा पाए । ३ सयजति दृष्टिविहीन विद्यार्थीलाई पढाउने गरिन्थ्यो त्यहाँ । रौतहटको गौरमा निम्न माध्यमिक तहको पढाइ गरे । त्यसपछि उनले अन्तिममा महोत्तरीकै बसबिट्टी विद्यालयमा फर्केर ८ कक्षामा भर्ना भए । त्यही होस्टेलमा बसेर उनले पढाइ गरे ।
२०६२ सालमा उनले प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । एसएलसीको जाँचमा उनका लागि विद्यालयकै ८ कक्षामा अध्ययनरत छात्र राजाराम यादवलाई सहयोगी बनाइएको थियो । भविष्यले उत्तर भन्थे र राजारामले लेख्ने गर्थे ।
काठमाडौंको सानोठिमी क्याम्पसबाट उनले शिक्षाशास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे । काठमाडौंमै हुँदा उनले कीर्तिपुरमा कम्प्युटरको सामान्य कोर्स पनि गरे ।
काठमाडौंको ठमेलमा इजरायल सरकारको सहयोगमा ‘डिनर इन डार्क’ अर्थात् अँध्यारोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालित थियो । रेस्टुरेन्टमा उनले वेटरको काम गरे । ‘शुरूमा आउने ग्राहक त अँध्यारोमा खाना खान डराउने गर्थे तर पछि हामीले उहाँहरूलाई सर्भ गर्थ्यौं,’ भविष्यले स्मरण गरे, ‘दृष्टिविहीनको लागि त्यो रेस्टुरेन्ट राम्रो रोजगारीको गन्तव्य बनेको थियो ।’ पारिश्रमिक साथसाथै टिप्सबाट राम्रो कमाइ गर्न पाउँथे उनी । पछि रेस्टुरेन्ट बन्द भयो ।
२०६४ सालमा लोक सेवाले विभिन्न पदमा आवेदन खुलाएको थियो । अपाङ्गताको लागि पनि १ सिट आरक्षित गरिएको थियो । भविष्यले पनि सुब्बा पदका लागि आवेदन भरे तर तयारी नभएका कारण उनले लोक सेवाको जाँच पास गर्न सकेनन् । २०६८ सालमा उनी लोक सेवा आयोगको जाँचमा खरिदार पदमा भने उत्तीर्ण भए । २०६९ सालदेखि उनी हुलाक कार्यालयमा काम गरिरहेका छन् ।
हुलाक कार्यालयमा सूचना अधिकारीको काम गरिरहेका भविष्य पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, कार्यालयका अन्य प्रशासनिक काम कार्यालय सहयोगी कर्मचारीको सहयोग लिएर कार्यसम्पादन समेत गर्दै आएका छन् । ‘कार्यालयमा सबै कर्मचारी साथीहरूले पनि सहयोग गरिरहनुभएकाले काम गर्न समस्या भएको छैन, सहज नै छ,’ भविष्यले भने ।
आंशिक दृष्टिविहीन पूजासँग बिहे
भविष्यले सामाजिक सञ्जाल फेसबूकमार्फत दाङ तुलसीपुरकी पूजा शर्मासँग मित्रता कायम गरे । उनले बिहेको लागि खुलेरै प्रस्ताव पनि राखे । पूजा आंशिक दृष्टिविहीन हुन् । नेपाल अपाङ्ग संघसँग आवद्ध भएकाले कहिलेकाहीँ सेमिनार, गोष्ठीमा समेत दुवैको भेटघाट हुने गर्थ्यो । पूजा पहाडी मुलकी हुँदा शुरूमा बिहेको प्रस्ताव राख्दा पूजाका आमाबुवाले मानेनन् । भविष्य २ वर्षसम्म उनलाई फकाइरहे सामाजिक सञ्जालमार्फत । अन्ततः पूजा पनि बिहे गर्न राजी भइन् । जनकपुर आएर जानकी मन्दिरको विवाह मण्डपमा दुवै जनाले बिहे गरे ।
फरक समुदाय भएका कारण भाषा, संस्कृति बुझ्न समस्या भएपनि पूजाले हाल मैथिली पनि बोल्न जानिसकेकी छन् । ‘अरु घरमा बिहे भएको भए मलाई गाह्रो हुन्थ्यो तर एउटा दृष्टिविहीन छोरालाई पालनपोषण गरेका आमाबुवा (सासु, ससुरा, दिदी) तथा घर परिवारका सदस्यले पनि राम्रै सहयोग गर्दै आउनुभएको छ,’ उनले भनिन् । दुवै जना खुशी–खुशी घरपरिवार चलाइरहेका छन् । पूजालाई जिल्ला हुलाक कार्यालय धनुषामै करारमा जागिर दिइएको छ । हुलाक काउन्टरमा उनी हुलाक टिकट बेच्ने काम गर्दै आएकी छन् ।
भविष्यले जागिर सँगसँगै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर समेत गरिसकेका छन् । नेपाली भाषामा शिक्षा संकायमा उनले स्नातकोत्तर गरेका छन् ।
क्रिकेट खेलाडी
भविष्य क्रिकेट खेलाडी पनि हुन् । दृष्टिविहीन क्रिकेटमा उनले सलामी बल्लेबाजको भूमिका निर्वाह गर्दै विभिन्न राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका छन् । मध्यमाञ्चल क्षेत्रबाट विभिन्न राष्ट्रिय प्रतियोगिता खेलेर उनी अन्तर्राष्ट्रिय खेलाडीका लागि टीममा छनौट हुने अन्तिम खुड्किलासम्म पटक–पटक पुगेका छन् । क्लोज क्याम्पमा परेपनि अन्तर्राष्ट्रिय टीमको सदस्य भने उनी बन्न पाएका छैनन् ।
प्रदेश सरकारले दृष्टिविहीनका लागि सीपमूलक तालिमको व्यवस्था गरिदिनुपर्ने उनले बताए । अहिले विभिन्न प्रविधिका कारण धेरै सहयोग भएकाले ल्यापटप वितरण गरेर कम्प्युटर सम्बन्धी तालिम दिनुका साथै रोजगारका लागि उपायको खोजी गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...
जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...
बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...
बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...