यी ६० वर्षीय व्यक्तिको आधा मात्र मस्तिष्क रहेको पाइयो

काठमाडौं – रुसका एक व्यक्तिले आधा मस्तिष्कका साथ पूरा जिन्दगी बिताएको चिकित्सकहरूले दाबी गरेका छन् । 

उनको खप्परभित्र देब्रेतर्फ गिदीको साटो ब्ल्याक होल भएको उनले कहिल्यै पत्तो पाएनन् । 


Advertisement

सेवानिवृत्त यी इन्जिनीयरले रेड आर्मीमा काम गरेका थिए । उनले विश्वविद्यालयको डिग्री पनि हात पारेका छन् र परिवार पनि हुर्काएका छन् । तर उनलाई स्वास्थ्यको कुनै समस्या परेन । 

उनलाई हल्का हृदयघात भएपछि अस्पतालमा सीटी स्क्यान गराउँदा चिकित्सकहरूले अनौठो कुरा पत्ता लगाएका हुन् । 

मस्तिष्कका केही भाग पनि तलमाथि हुँदा मानिस भयंकर अपांग हुने वा सानै उमेरमा मर्ने अवस्था आउँछ । तर यी व्यक्तिलाई ६० वर्षको हुँदासम्म पनि कुनै समस्या नआउनु अद्भुत कुरा भएको चिकित्सकहरूले बताए । 

यी व्यक्ति आमाको गर्भमै हुँदा आधा मस्तिष्कको भएको र सन् १९५० को प्रविधिले उनको यो अवस्थालाई गर्भमा पत्ता लगाउन नसकेको देखिन्छ । पत्ता लगाएको भए शायद उनकी आमालाई गर्भ तुहाउने सल्लाह दिइन्थ्यो । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्