कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काभ्रे- आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् ।
न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्रमुख लोकबहादुर चौलागाईंले जानकारी दिए । उनले भने, 'पाँच करोड रुपैयाँको आयोजनामा जम्मा दुई लाख बजेट आउँछ, गत असार मसान्तसम्ममा सक्नुपर्ने दुवै जिल्लाका चालू खानेपानी आयोजना त्यतिकै अलपत्र अवस्थामा छन् ।'
चौलागाईंले गत आवमा न्यून बजेट आउँदा संघीय मन्त्रालयमा थप बजेटका लागि गत वैशाखसम्म ताकेता गर्दा पनि थप बजेट निकासा नभएको बताए । 'दुई वटै जिल्लाका केही योजना सम्पन्न हुने चरणमा थिए, थोरै रकमले पनि रोकिएका छन्,' उनले भने । उनले न्यून बजेट निकासा हुनु र कर्मचारी समायोजन तथा डिभिजन कार्यालय स्थानान्तरणका कारण आयोजनाका काम प्रभावित भएको बताए ।
मुलुक संघीयतामा गएपछि २०७५ साउन महीनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको चौतारामा सारिएको थियो । त्यस कार्यालयको कार्यक्षेत्र अहिले दुवै जिल्लामा रहेको छ ।
पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश खानेपानी आयोजना पनि थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेका छन् । केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट २०७३ सालदेखि विभिन्न मितिमा शुरु गरिएका ९० वटामध्ये हाल करीब दुई दर्जन खानेपानी आयोजना सम्पन्न भएका छन् ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...