२२ असार २०८३, सोमबार

मिटर ब्याज लगाएर पूरै गाउँलेलाई ठगी गर्ने श्याम परदेशी समातिए

मिटर ब्याज लगाएर पूरै गाउँलेलाई ठगी गर्ने श्याम परदेशी समातिए

काठमाडौं– मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने श्याम परदेशीलाई पक्राउ परेको छ । 
सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका थिए । 
उनले एउटै ख्णका १९ वटासम्म तमसुक बनाएको पाइएको छ ।  उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट गरिएको जनाइएको छ । 
उनले आफूहरुलाई बिचल्ली बनाएको भन्दै स्थानीय न्यायका लागि हाल काठमाडौंमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्