
बुटवल – बुधवार दिउँसो रुपन्देहीको भैरहवामा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको भैरहवाको अञ्चलपुरमा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा रुपन्देहीका एक दम्पतीको मृत्यु भएको हो ।
दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका ३ का ५८ वर्षीय प्रेमजित थारु र उनकी पत्नी ५६ वर्षीया बासमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२४प २८३५ नम्बरको मोटरसाइकललाई युपी १४ सीसी ०११ जीपले ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको जीपलाई इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले नियन्त्रणमा लिएको छ ।