२४ जेठ २०८३, आइतबार

नगरपालिकाका नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ

कात्तिक २०, २०७४
नगरपालिकाका नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ

सिन्धुली, १८ चैत– सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत २२ हजार पाँच सय रुपैयाँ घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

केही समयदेखि श्रेष्ठले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि एक हप्तादेखिको निगरानी पछि आज पक्राउ गरिएको बताइएको छ । सरकारले भूकम्पपीडितलाई दिएको जग्गाको बाटो छुट्याईदिएबापत श्रेष्ठले पैसा नदिएसम्म नछुट्याई दिने बताएपछि सेवाग्राहीले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा छानबिन गर्दा आज उनलाई थलामै पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दिइने छ । श्रेष्ठलाई आजै आयोगको टोलीले बर्दिवास लगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्