कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
जाजरकोट–जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ ।
आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । शुरूमा गरिएको अध्ययनले ४१० मेघावाट विद्युत् उत्पादन हुने सर्वेक्षण गरिएकामा अहिले डिपिआरको प्राराभिक प्रतिवेदनबाट सात मेघावाट विद्युत् उत्पादन क्षमता बढने आयोजनाका इञ्जिनीयर पदम थापाले बताए।
बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ शुरुमा २०० मिटर रहेकामा अहिले २१० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढने उनको भनाइ थियो ।सो विषयमा वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । त्यसैगरी आयोजनाको जग्गा अधिग्रहणको काम समेत शुरु गरिएको छ । जलविद्युत् निर्माणस्थलका लागि धिग्रहण गरिएको चार हजार ४६२ रोपनी ९३ हजार ८६१ कित्ता० जग्गाको मुआब्जा उपलव्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ ।
सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। मुआब्जा यसै वर्षमा वितरण गरिने उनको भनाइ थियो । चार वर्ष अघिदेखि मुआब्जा वितरण शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो ।
मन्त्री बस्नेतले भने, “आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ र कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौँ ।” मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनीे रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो । अब तीन हप्ताभित्र जग्गाको मूल्याङ्कन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
दक्षिण एशियको नमूना बाध बन्न लागेकोले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए। निर्धारित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम चार महीनाभित्र सकिने कम्पनीका इञ्जिनीयर पदम थापाले जानकारी दिए।
बत्तीस महीनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले छ महीना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ ।
बारेकोट गाउँपालिकाको अँधेरीखोलामा सो परियोजनाको बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण गरिने भएको छ । विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम शुरु गरिए पनि थपिएको मिति सकिदासम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर थापाले बताए।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...