२६ जेठ २०८३, मंगलबार

प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भेट, के भयो कुराकानी ?

प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भेट, के भयो कुराकानी ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख प्रमुख सोङ ताओबीच मंगलवार भेटवार्ता भएको छ ।

राजधानीस्थित एक होटलमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएका थियो ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपालमा राम्रो प्रभाव परेको बताए ।

उनले दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरू साटासाट गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्टको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’

विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने पर्नेमा उनको जोड थियो ।

‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओको भनाइ उद्धृत गर्दै प्रचण्डको सचिवालयले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्