२५ जेठ २०८३, सोमबार

एनसेल प्रकरणमा विक्रेतालाई उन्मुक्ति दिनेमाथि अनुसन्धान हुन्छ: प्रचण्ड

कात्तिक २०, २०७४
एनसेल प्रकरणमा विक्रेतालाई उन्मुक्ति दिनेमाथि अनुसन्धान हुन्छ:  प्रचण्ड
काठमाडौं, २० चैत - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो सरकार र कर्मचारीहरुका कारणले अहिले एनसेलको कर उठाउन समस्या भइरहेको बताएका छन् ।

नेपाल टेलिभिनबाट प्रशारण उने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा उनले अप्रत्यक्ष रुपमा केपी ओलीको सरकारलाई इंगित गर्दै यस्तो बताएका हुन् ।

‘कानुमा विक्रेताबाट लाभ कर उठाउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यो विक्रेतालाई कुन सरकारले उम्केर जान दियो, कुन कर्मचारीले दिए भन्ने कुरा अनुसन्धान हुन्छ ।’

दाहालले अहिले बाहिर संचार माध्यममा चर्चा गरिएजस्तो सरकारले लाभकरबाट एनसेललाई उन्मुक्ति दिन नखोजेको बताए । उनले कुनैपनि हालतमा कर उठाएरै छोड्ने समेत बताएका छन् ।

विगतमा लाभकर उठाउने विषयमा त्रुटी भएको कारणले अहिले कर उठाउन ढिलाइ भइरहेको उनले बताए ।

एनसेलमा स्वामित्व रहेको टेलिसोनेरा एनसेल विक्रि गरेर नेपालबाट गइसकेको अवस्था छ । उनका अनुसार त्यो कम्पनीबाट यो भन्दा अघिनै कर उठाउनुपर्ने थियो ।

साथै उनले नेपालमा विदेशी लगानी भित्राएर रोजगारी गर्न खोजिएकोले लगानीलाई आकर्षित गर्ने कुरामा पनि आफूहरुले ध्यान दिएको जानकारी दिए । तर अहिले बाहिर चर्चा गरिजस्तो सरकारले कर उठान नचाहेको भन्ने कुरा गलत भएको उनले बताए ।

टेलिसोनेरिया एनसल एक्जियटालाई बेचेर नेपालबाट बाहिरिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्