काठमाडौं – अर्को शुक्रवार सार्वजनिक हुन लागेको हलिउड फिल्म जोकर हलमा देखाउँदा हिंसा भड्किन सक्ने भनी अमेरिकी सुरक्षा निकाय एफबीआईसँग काम गर्ने टेक्सास जोइन्ट क्राइम इन्फर्मेसन सेन्टरले फिल्म देखाइँदा गोलीकाण्ड हुन सक्ने आशंका गरेको छ ।
फिल्ममा एक्लोपनले सताइएको व्यक्तिले बन्दूकमार्फत हिंसा गरेको देखाइएको छ र उसप्रति सहानुभूतिपूर्ण दृष्टिकोण अपनाइएको छ ।
सन् २०१२ मा द डार्क नाइट फिल्म प्रदर्शनका क्रममा कोलोराडोको अरोराको एक हलमा बन्दूकधारीले भीडमा गोली चलाएका थिए जसमा १२ जनाको ज्यान गएको थियो । घटनामा मारिएका मानिसका परिवारले वार्नर ब्रदर्शलाई खुलापत्र लेखेर बन्दूकजन्य हिंसा फैलाउनेहरूविरुद्ध कारवाही चलाउन अपील गरेका छन् ।
जोकरको स्क्रीनिङमा सम्भावित गोलीकाण्डका विषयमा गोप्य बुलेटिनमार्फत चेतावनी आएको थियो ।
एजेन्सी
लोकान्तर संवाददाता