०२ असार २०८३, मंगलबार

घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । 

बीमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्