१६ असार २०८३, मंगलबार

बजार मूल्यभन्दा सस्तोमा खसीको बिक्री

असोज १४, २०७६
बजार मूल्यभन्दा सस्तोमा खसीको बिक्री

काठमाडौं–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मूल्यभन्दा सस्तोमा खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले सोमवारदेखि थापाथलीस्थित गोदामबाट सहुलियत दरमा खसीबोका र च्यांग्राको बिक्री खुला गरेको हो । 

कम्पनीले बजार मूल्यभन्दा खसी किलोमा ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलोमा ३० रुपैयाँ सस्तोमा बिक्री खुला गरेको छ । प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर जिउँदो खसी पाँच सय ५० र च्यांग्रा सात सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । 

चाडपर्वका बेला बजारमा हुने अस्वभाविक मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई सहुलियतमा वितरण गर्नका लागि खसीबोका र च्यांग्राको बिक्री खुला गरेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्