२३ जेठ २०८३, शनिबार

भाजपा नेताको परिवारसहित ५ जनाको हत्या

भाजपा नेताको परिवारसहित ५ जनाको हत्या

काठमाडौं – भारतको महाराष्ट्रस्थित जलगाँवमा भारतीय जनता पार्टीका पार्षद सहित उनको परिवारका पाँचजनाको हत्या भएको छ ।

तीन आरोपितहरूले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले आरोपितहरूलाई सोधपुछ गरिरहेको छ । घटनाका कारण उक्त क्षेत्रमा डरको वातावरण छ । 

तीन बन्दूकधारीहरूले भाजपा पार्षद रविन्द्र खरात र उनको परिवारका चारजनालाई गोली हानेर हत्या गरेको प्रहरीको भनाइ छ । खरात र उनको परिवारका सदस्यहरू आइतवार राति आफ्नो घरमा हुँदा बन्दूकधारीहरूले आक्रमण गरेका हुन् । 

आक्रमणकारीहरूले देसी पिस्तोल र चक्कु बोकेको प्रहरीले बतायो । उनीहरूले खरातको घरमा पसेर गोली चलाएका थिए । घटनामा प्रयोग भएका हतियार प्रहरीले बरामद गरेको छ । 

आक्रमणकारीहरू घटना गराएपछि फरार भए तर पछि प्रहरीसमक्ष गएर आत्मसमर्पण गरे । घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भयो । खरातका भाइ सुनील, छोराहरू प्रेमसागर र रोहित अनि अर्का व्यक्ति गजारेको मृत्यु भयो । 

आक्रमण किन गरिएको भन्ने खुलेको छैन र प्रहरीले आरोपितहरूलाई सोधपुछ गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्