दिपायलमा टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट हुने

फाइल फोटो

डोटी – दिपायलमा कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक संस्था नयाँ समाज नेपालले शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।


Advertisement

लिगको कूल पुरस्कार राशि २ लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिए ।

उनले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता विगतकै निरन्तरता रहेको बताए । उनले प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका टोली सहभागी हुनसक्ने जानकारी दिए ।

प्रतियोगितामा १२ टोली सहभागी हुनसक्ने अपेक्षा गरिएको छ । प्रतियोगिता दिपायलको राजपुरस्थित खप्तड मैदानमा हुने भएको छ । शुरुआती खेलहरू लिगमा हुने र क्वार्टर फाइनपछि नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्