३० असार २०८३, मंगलबार

शाहरूख खानकी पत्नी गौरी उत्कृष्ट फेसन डिजाइनर

कात्तिक ३, २०७६
शाहरूख खानकी पत्नी गौरी उत्कृष्ट फेसन डिजाइनर

काठमाडौं –‘डिजाइनर पर्सन अफ दी इयर २०१९’ को अवार्ड जितेपछि बलिउड अभिनेता शाहरूख खानले पत्नी गौरी खानलाई बधाई दिएका छन् । 

गौरी बी डब्लू फ्यूचर अफ डिजाइन एन्ड समिट अवार्डको दोस्रो संस्करणमा ‘डिजाइन पर्सन अफ दी इयर’ भएकी हुन् । यसबारे शाहरूखले ट्वीट गर्दै भनेका छन्, ‘भनाइ छ, लुगाले मान्छे बनाउँदैन, मान्छेले लुगा बनाउँछ । तर सत्य के हो भने जे चिज पनि कसैलाई बनाउँछ भने त्यो महिलाले नै बनाउँछ । खासमा बाजिगरको जिन्स राम्रो थियो ।’ 

गौरीले आफ्नो करिअरको शुरूआतमा शाहरूख खानको फेसन डिजाइनरका रूपमा काम गरेकी थिइन् । ‘बाजिगर’ फिल्ममा पनि शाहरूखका लागि उनले नै लुगा तयार पारेकी थिइन् । 

हालै गौरीले इन्स्टाग्राममा शाहरूख र काजोलको तस्बीर शेयर गरेकी थिइन्, जसमा शाहरूखको बाजिगर फिल्मको एक दृश्यमा उनीद्वारा डिजाइन गसिरएको जिन्स लगाएका छन् । 

एक सफल इन्टेरियर डिजाइनरका साथसाथै गौरी निर्मामासमेत हुन् । सन् २०१८ मा उनलाई ‘फच्र्युन म्यागेजिन’ले उत्कृष्ट ५० महिलाको सूचीमा सामेल गरेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्