
काठमाडौं–इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ३ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका ६ स्थित सितापुर, देबारीका विभिन्न ६ वटा स्थानबाट २ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर बनाएको मदिरा बुधबार नष्ट गरेको इलाका प्रहरी कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
उनले भने–‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत इलाकाको खास गरी लहान, सितापुर, महेशवारि, ठाडी, भोटियाटोल लगायतका स्थानबाट मदिरा बरामद गरेका थियौं,।’
रिजालले थपे–‘ समाजमा विशेष गरी चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरी झैझगडा लगायतका गतिविधिहरू बढ्दै गएकाले प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियान चलाएको हो ।
