२५ जेठ २०८३, सोमबार

विभेदका पर्खालहरू द्रुतगतिमा भत्किँदैछन् : मन्त्री अर्याल

कात्तिक ८, २०७६
विभेदका पर्खालहरू द्रुतगतिमा भत्किँदैछन् : मन्त्री अर्याल

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किदै गएको बताएकी छन् ।

मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलाका प्रगतिका बाधक विभेदका पर्खालहरू भत्किदै गएको बताएकी हुन् ।

'समाजमा रहेको विभेदहरू कम हुदै गएको प्रसंगमा महिलाहरूमाथीको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुदै गएका छन्', मन्त्री अर्यालले भनिन् । हिजो परनिर्भर बनेका महिलाहरू आज आत्मनिर्भर बन्नेतर्फ अगाडी बढिरहेको भन्दै उनले सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्प सहित अगाडी बढ्न आग्रह गरिन् ।

घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उनले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताइन् । मन्त्री अर्यालले सीप सिकेर व्यवसायिकतामा जान जोड दिइन् ।

उनले भनिन्, 'अबको बाटो उत्पादन, ब्यवसायिकताकै बाटो हो । कृषिमा काम गर्नेहरूले जमिन एकैठाउँमा एकिकरण गरेर व्यवसायिक रूपमा सामुहिकतामा ठूला फार्महरू सञ्चालन गरौं ।'

यस्ता कुराहरूलाइ सरकारले प्रोत्साहन गर्ने मन्त्री अर्यालले बताइन् । महिला आन्दोलन उत्साहित हुनुपर्ने ठाउँमा भएको भन्दै उनले अबको जमाना आत्मनिर्भरता, सीपको, क्षमताको जमाना भएकोमा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्