२२ असार २०८३, सोमबार

टिकटक बनाउने कम्पनीले ल्यायो स्मार्टफोन

कात्तिक १८, २०७६
टिकटक बनाउने कम्पनीले ल्यायो स्मार्टफोन

काठमाडौं – अहिले टिकटक निकै लोकप्रिय याप बनिसकेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले यो याप सार्वजनिक गरेको हो । 

त्यही कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यसलाई स्मार्टिसान ब्रान्ड नाम दिएर बजारमा ल्याइएको हो । स्मार्टफोनको नाम स्मार्टिसान जियांगुओ प्रो ३ राखिएको छ । 

यसमा क्वालकोम स्न्यापड्रागन ८५५ प्लस प्रोसेसर छ । यसमा १२ जीबीको र्‍यामका साथै २५६जीबीको इन्टरनल स्टोरेज दिइएको छ । फोनमा पछिल्तिर चारवटा क्यामरा छन् । सेल्फीका लागि एउटा क्यामरा छ । 

यसको डिस्प्ले ६.३९ इन्चको फुल एचडी प्लस एमोलेड छ । 

क्यामरा सेटअपको कुरा गर्दा प्राइमरी लेन्स ४८ मेगापिक्सेल छ र यो सोनी आईएमएक्स५८६ सेन्सर हो । अर्को लेन्स १३ मेगापिक्सेलको छ र यो वाइड एंगल हो । तेस्रो लेन्स ८ मेगापिक्सेलको छ र यो टेलिफोटो हो । चौथो लेन्स पाँच मेगापिक्सेलको छ र यो म्याक्रो शट्सका लागि डेडिकेटेड छ । 

यसको मूल्य आरएमबी २८९९ अर्थात् लगभग ४७ हजार रुपैयाँ छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्