माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
चितवन –जिल्लामा लगाइएको गरिमा जातको धानको क्षति मूल्याङ्कनका लागि स्थलगत अध्ययनको काम सम्पन्न भएको छ ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख एवं क्षतिपूर्ति मूल्याङ्कन समितिका संयोजक मदन थापाको नेतृत्वको पाँच सदस्यीय टोलीले जिल्लामा लगाइएको धानको क्षतिपूर्तिका लागि स्थलगत निरीक्षण गरेको हो ।
समितिका सदस्य सचिव एवं कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार पाँच दिन लगाएर धानखेती भएका सबै स्थानीय तहमा पुगेर अध्ययन गरी टोली फर्किएको छ । राष्ट्रिय बीउबिजन समितिको यही कात्तिक ७ गते बसेको बैठकले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसार समितिलाई निर्देशन दिएको थियो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थियो । समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा संयोजक हुनेगरी नार्कका वैज्ञानिक, बीउ व्यवसायी प्रतिनिधि र स्थानीय तहका प्रतिनिधि समितिमा सदस्य रहने र सम्बन्धित जिल्ला हेर्ने कृषि कार्यालयका प्रमुख सदस्य सचिव हुने व्यवस्था रहेको छ ।
ढकालका अनुसार समितिले स्थलगत निरीक्षणका क्रममा गरिमा धान लगाइएको र समस्या देखिएका भनिएकाको प्रमाणित गर्ने कामसमेत गरेको छ । यसअघि ज्ञानकेन्द्रले क्षतिपूर्ति मूल्याङ्कन नगरेसम्म धान नकाट्न सबैमा आग्रह गरेको थियो । ढकालले क्षतिपूर्ति मूल्याङ्कन भइसकेकाले कृषकले धान काटेर अर्को बाली लगाउन चाहेमा कुनै समस्या नहुने बताए।
उहाँका अनुसार गरिमा धान लगाएकामध्ये १५ प्रतिशत हाराहारी जमीनमा निकै राम्रो धान फलेको छ । अन्य क्षेत्रमा भने धान राम्रो छैन । बीउको धान भर्ने समयमा वर्णशङ्कर गरिमाको सट्टामा ढिलो पाक्ने जात परेका कारण समस्या आएको बताइएको छ । समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्तिको निर्णय गर्नेछ ।
सामान्यतय बीमामार्फत पाउने भुक्तानी हाराहारी क्षतिपूर्ति दिनुपर्ने जनाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिकाबाहेक छ स्थानीय तहमा यो धान लगाइएको छ । वास्तविक तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ । प्रारम्भिक विवरणअनुसार जिल्लामा ९६० बिघा हाराहारीमा गरिमा धान लगाइएको तथ्याङ्क छ ।
विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्राली लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालीबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । सो कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति लिएको थियो । कम्पनीले ३४ टनमात्र भित्र्याएको र २३ टन बिक्री गरेको जनाएको छ । धान समयमा नपाकेपछि पछिल्लो बाली लगाउने कृषक बढी प्रभावित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...