बक्स अफिसमा 'बाला'काे आक्रामक व्यापार, २ दिनमै उठायो लगानी, कति गर्यो कमाइ ?

काठमाडौं –आयुष्मान खुरानाको चलचित्र बालाले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ ।  

पछिल्लो ३ दिनमा यो चलचित्रले धमाकेदार प्रदर्शन गरिरहेको छ । चलचित्र प्रदर्शन भएको २ दिनमा नै यसले आफ्नो लगानी उठाएको छ । 


Advertisement

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार बालाले बक्स अफिसमा पहिलो दिन शुक्रवार १०.१५ करोड, शनिवार १५.७३ करोड र आइतवार १८.०७ करोड भारतीय रुपैयाँ कमाइ गरेको बताएका छन् । 


Advertisement

तीन दिनमा यस चलचित्रले कुल ४३.९५ करोड भारतीय रुपैयाँ कमाएको छ । 

 

 

कमेन्ट गर्नुहोस्