जंगलमा आतंक मच्चाउने 'लादेन' हात्तीको मृत्यु

एजेन्सी-असमको गोलापारा जिल्लामा जंगलमा आतंक मच्चाउने 'लादेन' हात्ती उर्फ कृष्णाको मृत्यु भएको छ ।

असमको गोलपारा जिल्लामा बीजेपी विधायकको मदतमा एक हप्ता अगाडि समातिएको जंगली हात्तीको आइतवार मृत्यु भएको हो ।


Advertisement

असमको जंगलमा हात्ती 'लादेन'ले उत्पात मच्चाइरहेको थियो ।  भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हात्तीलेले केही संख्यामा मानिसहरूलाई मारेको पनि थियो ।

वन विभागका अधिकारीहरूले आतंक शान्त गर्नका लागि ११ नोभेम्बरमा हात्ती समातेर ओरांग नेसनल पार्कमा पठाइएको थियो । वन विभागका एक वरिष्ठ अधिकारीले पोस्टमार्टम रिपोर्टपछि उक्त हात्तीको मृत्युको कारण पत्ता लाग्ने बताएका छन् । तर केही मानिसले वन विभागका कर्मचारीले हेरचाहमा लापरवाही गरेका कारण हात्तीको मृत्यु भएको आरोप लगाएक छन् ।


Advertisement

गोलपारा जिल्लामा उक्त हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाइसकेका छन् । उक्त हात्तीले केही घरसमेत भत्काएको भारतीय सञ्चारमाध्यम आजतकले खबर लेखेको छ ।

हात्तीले हैरान पारेको र त्यसले मानिसहरूलाई आक्रमण गरेर मारेका कारण पनि उसको नाम 'लादेन' राखिएको हो ।

 

कमेन्ट गर्नुहोस्