२४ जेठ २०८३, आइतबार

पर्यटनका लागि एक दशक घोषणाको तयारीमा पर्यटनमन्त्री भट्टराई

मंसिर १९, २०७६
पर्यटनका लागि एक दशक घोषणाको तयारीमा पर्यटनमन्त्री भट्टराई

सरकारले ‘पर्यटनका लागि एक दशक’ अभियान सञ्चालन गर्ने भएको छ ।

आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।  

‘नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फ उन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ,’ संस्कृति पर्यटन तया नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने।  

एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिए।

आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ । उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको हो ।  

पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले बिहीबार सिंहदरबारमा भएको भ्रमण वर्षसम्बन्धीको छलफलमा बताए। अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र यस आगामी दशकका लागि आधार तयार पर्ने उनको विश्वास थियो । यो बेलामा हरेक सङ्घसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उनले बताए। 

पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउँदै विश्व बजारमा नेपाललाई चिनाउन भ्रमण वर्ष आयोजना गरिएको हो । त्यसका लागि गन्तव्यस्थलको सुदृढीकरण, हवाई र यातायत पूर्वाधार महत्वपूर्ण पक्ष हो । विनाशकारी भूकम्पले थला पारेको पर्यटन क्षेत्र मुलुक सिर्जना भएको राजनीति एकता र अन्तर्राष्ट्रिय सहयोगले माथि उठाएको हो ।

 

भूकम्पले ८९१ सांस्कृतिक सम्पदामा क्षति भएकोमा ३७८ वटा पुनःनिर्माण भएको ३७९ र्निाणाधीन रहेकाले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य रहेको जनाएको छ ।  नारायण ढुंगाना/ रासस 

salt training

कमेन्ट गर्नुहोस्