३१ असार २०८३, बुधबार

३ अर्बमा  स्काई वाक टावर, उपप्रधानमन्त्री पोखरेलले गरे शिलान्यास

मंसिर २१, २०७६
३ अर्बमा  स्काई वाक टावर, उपप्रधानमन्त्री पोखरेलले गरे शिलान्यास

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु-याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 

 वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको शिलान्यास गर्दै उनले  नयाँ काम गर्ने सङ्कल्प तथा घोषणानुसार उक्त कार्यको शुभारम्भ गरिएको बताउँदै टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली युवाले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानका साथ कमाइको केही रकम नेपालमा प्रयोग गर्दै  टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा भएको बताए।


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  नेपाली युवाको सपना यथार्थको बाटाका रुपमा हिँडेको एक उदाहरणका रुपमा स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पूरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने बताए।

नेपाली काङ्ग्रेसका नेता रामशरण महतले विदेशमा कमाएको रकम तथा सीपलाई आफ्नो मुलुकमा प्रयोग गर्नु नै समृद्धिको आधार भएको उल्लेख गरे। उक्त  टावर  तीन अर्बको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको परियोजना निर्देशक सञ्जीव रोकाले जानकारी दिए। टावर शिलान्यास गरिएको १८ महिनाभित्र पूरा भइसक्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्