×

NMB BANK
NIC ASIA

बैतडीमा ६ हजार खेतीयोग्य जमिन बाँझै

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए।

Muktinath Bank

गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उनले गुनासो गरे। बाँदरले सबै बाली सखाप पार्दा खेतमा लगाएको अन्न भित्र्याउन नपाएको स्थानीय लक्ष्मी भट्टले जानकारी दिए। उनले भने, 'पाँच वर्षयता खेतमा लगाएको अन्न कति पनि भित्र्याउन सकिएको छैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँदरले खेतमा लगाएको अन्नबाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दा हैरान बनेका छन् । खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि अधिकांशले खेत बाँझै छोडेको स्थानीय प्रेम कुँवरले जानकारी दिए। उनले भने, 'खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा स्थानीयवासीहरु खेत बाँझै छाड्न बाध्य भएका हौँ ।'


Advertisment
Nabil box
Kumari

यसैबीच नगरका विभिन्न क्षेत्रमा रहेको बाँदर आतङ्क रोक्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले तयार पारेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा बाँदर आतङ्कले किसानहरु हैरान भएको तथ्याङ्क रहेकाले बजेट विनियोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। उनले भने, 'नगरपालिकाले बजेट विनियोजन गरे पनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न सकिएको छैन ।'

बाँदर धपाउनका लागि आवश्यक उपायको खोजी भइरहेको समेत नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। उनले भने, 'नगरवासीहरुले बाँदर नियन्त्रणको माग राखेकाले बजेट विनियोजन गरिएको हो ।'

बैतडीमा पछिल्लो समय खेतीयोग्य जमीन बाँझै रहन थालेको छ । जङ्गली जनावरको आतङ्क र बसाइँसराइका कारणले छ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै रहेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ । 

बैतडीमा ३१ हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको भए पनि हाल २५ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। उहाँका अनुसार किसानहरुले जङ्गली जनावर बाँदर र बँदेलको आतङ्कले बढीजसो खेतीयोग्य जमीन बाँझै छोड्ने गरेको बताए।

आव २०७४/०७५ मा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार ५०० हेकटरमा मात्रै गहुँखेती गरिन्छ । 

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आव २०७४/०७५ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको भए पनि हाल घटेर १२ हजार २०० हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको  छ  । धानखेती भने नौ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आएको छ । 

बैतडीको पाटन, हाट, सलेना, गाकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँखेतीका पकेट क्षेत्र हुन् भने जिल्लाका सबैजसो स्थानमा मकैखेती गरिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x