२४ जेठ २०८३, आइतबार

विदेशी मुद्राको मुद्दामा फरार अभियुक्त कारागार चलान

मंसिर २५, २०७६
विदेशी मुद्राको मुद्दामा फरार अभियुक्त कारागार चलान

विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २ तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकले विक्रम संवत् २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई १ महिना कैदसहित १ करोड ८६ लाख १४ हजार ९८९ रुपैयाँ जरिवाना तोकेको थियो । 

लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमवार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप ५ वर्ष कैद सजाय तोकी बुधवार कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्