२२ असार २०८३, सोमबार

६६ वर्षमा टेक्दै प्रचण्ड, के हो बढ्दो उमेरमा पनि तन्दुरुस्त रहनुको राज ?

मंसिर २५, २०७६
६६ वर्षमा टेक्दै प्रचण्ड, के हो बढ्दो उमेरमा पनि तन्दुरुस्त रहनुको राज ?
परिवारका सदस्यसहित नारायणी किनारमा प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६५ वर्ष पूरा भएर ६६ वर्षमा लाग्दैछन् ।

वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड बिहीवारबाट ६६औं वसन्तमा प्रवेश गर्न लागेका हुन् ।

पूर्व माओवादी पृष्ठभूमिका नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा प्रचण्डलाई बुधवारदेखि नै जन्म दिनको शुभकामना दिइरहेका छन् । 

६६ वर्षमा पनि तन्दुरुस्त !

दिनभर राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने प्रचण्ड बिहानीको समयमा नियमित शारीरिक व्यायाम गर्ने गर्छन् । 

प्रचण्डका सहयोगीहरूका अनुसार उनले बिहान एक घण्टा ब्याडमिन्टनमा समय बिताउने गरेका छन् ।

स्वास्थ्यमा सचेत प्रचण्ड काठमाडौं बाहिर गएको समयमा बिहान बेलुका हिँड्ने गर्छन् । गृहजिल्ला चितवन जाँदा भने उनी नारायणी नदी किनारमा पुग्ने गरेका छन् ।

उनले केही महिनाअघि विवाहको ५०औं वर्षगाँठ पनि मनाएका थिए । प्रचण्ड र पत्नी सीता दाहालले सो अवसरमा पुनः विवाह समेत गरेका थिए ।

ढिकुरपोखरी २ कास्कीमा जन्मिएका प्रचण्डले चितवनको गीतानगरमा पढेका थिए । उनले केही समय गोरखाको स्कूलमा अध्यापन समेत गरेका थिए ।

लामो समय अर्धभूमिगत राजनीति गरेका प्रचण्डले २०५२ सालदेखि २०६३ सालसम्म भूमिगत माओवादी आन्दोलनको नेतृत्व गरेका थिए ।

२०६५ र २०७३ सालमा गरी प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री समेत बनसिकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्