
मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैंसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् ।
उनीहरूलाई प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
भीमफेदीबाट हेटौंडातर्फ आइरहेको बा४०प ७२४० नम्बरको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीले बीचमा राखी ल्याएको उक्त परिमाणको चरेस फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।