
नेता–कार्यकर्ता र सांसदहरूले भेट्न मात्रै होइन, समस्या सुनाउनसमेत नपाएको भन्दै व्यापक आलोचना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमार्फत सम्पर्कमा रहन, जनगुनासो सुन्नका लागि नियमित कार्यतालिका नै बनाएका थिए ।
१३ असार, ०७५ मा प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे ।
त्यसपछि कार्यतालिकाअनुसार, उनी एकपटक धुम्बाराही पुगे । त्यसयताको डेढ वर्षमा भने कार्यतालिका लागू हुन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार, भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने । नयाँ पत्रिकामा खबर छ ।