२२ असार २०८३, सोमबार

निगम प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री भट्ट

पुस २७, २०७६
निगम प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगमलाई समयसापेक्ष र प्रतिस्पर्धी भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल आयल निगम ५० औं वर्षमा प्रवेश गरेको अवसरमा शनिवार राजधानीमा आयोजित स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उनले पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र बिक्रीवितरण गर्दै आएइको निगम सुरक्षासँग पनि जोडिएको भन्दै उनले यस्तो काम निजी क्षेत्रलाई दिनुभन्दा पनि भएको संस्थालाई प्रतिस्पर्धी र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए । 

देशलाई विद्युतीकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री भट्टले निगमले पनि आगामी दिनमा विद्युत र विद्युतीकरणमा ध्यान दिन आग्रह गर्दै अब पेट्रोलियम नीति ल्याउनुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्