चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अवैध रुपमा सामुदायिक वनको काठ काटेर विक्री गरेको अभियोगमा अख्तियारले १३ जनाविरुद्ध एक करोड ५२ लाख २९ हजार ३२६ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको हो।
तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, तत्कालीन सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जैसवाल र नारायणबहादुर कार्की भ्रष्टाचारमा संलग्न रहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
त्यस्तै, तत्कालीन रेन्जर राजु लामा, तत्कालीन फरेष्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षकद्वय किरणकुमार क्षेत्री र धनलाल यादव, वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो ।
तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९ हजार १ सय ७८ क्यफिट काठ काटेर विक्री गरेको उनीहरुविरुद्ध आरोप छ।
यस्ताे छ अभियाेगपत्र
जिल्ला वन कार्यालय हेटौडासमेतले गैर-कानूनीरुपमा काठ कटान गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्ने उजुरी/निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९१७८।०९ क्यू.फिट काटि बिक्री वितरण गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको पाइएको हुँदा देहायका व्यक्तिहरुको हकमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
देहाय
सि.नं. | पद, नामथर | कार्यालय | बिगो रु. | कसुर र मागदाबी |
१ | तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने | जिल्ला बन कार्यालय मकवानपुर | १,५२,१९,३२६।७६ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को समेत कसुर गरेको हुँदा निजलाई सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ। |
२ | तत्कालीन सहायक वन अधिकृत रामवावु यादव | ईलाका वन कार्यालय गढी मकवानपुर | १,५२,१९,३२६।७६ | ” |
३ | तत्कालीन सहायक वन अधिकृत हाल अवकाशप्राप्त राजेन्द्रमान राजभण्डारी | सेक्टर वन कार्यालय फापरवारी, मकवानपुर | १,५२,१९,३२६।७६ | ” |
४ | तत्कालीन सहायक वन अधिकृत बिशाल भट्टराई | जिल्ला वन कार्यालय मकवानपुर | १,५२,१९,३२६।७६ | ” |
५ | तत्कालीन सहायक वन अधिकृत सोनालालप्रसाद जयसवाल | ” | १,५२,१९,३२६।७६ | ” |
६ | तत्कालीन सहायक वन अधिकृत नारायण वहादुर कार्की | क्षेत्रीय वन निर्देशनालय, हेटौंडा | १,५२,१९,३२६।७६ | ” |
७ | तत्कालीन रेन्जर राजु लामा | ” | १,५२,१९,३२६।७६ | ” |
८ | तत्कालीन फरेष्टर मोहनराज घिमिरे | गढी ईलाका वन कार्यलय, मकवानपुर | १,५२,१९,३२६।७६ | ” |
९ | तत्कालीन बन रक्षक किरणकुमार क्षेत्री | ” | १,५२,१९,३२६।७६ | ” |
१० | तत्कालीन बन रक्षक धनलाल यादव | ” | १,५२,१९,३२६।७६ | ” |
११ | अध्यक्ष कमानसिंह न्यासुर | सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह | १,५२,१९,३२६।७६ | निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको बिगो रकम सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ । |
१२ | सचिव हरिमाया मोक्तान | ” | १,५२,१९,३२६।७६ | ” |
१३ | कोषाध्यक्ष रेजिना गोले | ” | १,५२,१९,३२६।७६ | ” |
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...