१६ असार २०८३, मंगलबार

जब देउवाले भने – सभामुख हामी चलाइदिन्छौं

माघ २, २०७६
जब देउवाले भने – सभामुख हामी चलाइदिन्छौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख पद नेपाली काँग्रेसलाई दिन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग आग्रह गरेका छन् । 

विराटनगर विमानस्थलमा बुधवार पत्रकारसँग कुरा गर्दै सभापति देउवाले नेकपालाई सभामुख छान्न समस्या भए नेपाली कांग्रेस रहेको बताए ।

सभामुखको विषयमा पार्टीभित्र विवाद भएपछि संसद्को हिउँदे अधिवेशन अघि बढ्न सकेको छैन । दलभित्रको विवादले संसद्लाई बन्धक बनाउन नपाइने उनले बताए ।

‘तपाईहरू छिटो सहमतिमा पुग्नुहोस्’, भिापति देउवाले भने,‘मिल्दै मिल्दैन भने हामी चलाइदिन्छौं तर संसद्लाई बन्धक बनाउन मिल्दैन ।’ गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्