
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ।
नेकपाभित्र सभामुख चयनका विषयमा विवाद भइरहेका बेला कांग्रेसले दलको बैठक डाकेको हो।
नेकपा सचेतक बालकृष्ण खाँडका अनुसार बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।
अब संसदमा कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारे बैठकमा छलफल हुने जनाइएको छ।