कात्तिक १७, २०८०
नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत प...
रोजगारीका लागि आएका दक्षिण कोरियामा रहेका २ नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।
दक्षिण कोरियाको छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।
साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुंगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको संँगै कार्यरत नेपालीले बताए । अविवाहित राना ४ वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए ।
ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । – जीवन खत्री/रासस
नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत प...
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम दिएका हुन् । ईपीएस को...
काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरभित्र ग...
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए । तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...