×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदी सिफारिस, अपराधीले टाउको उठाउने मौका पाउँदैनन्'–आईजीपी खनाल

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अन्नपूर्ण आधार शिविरमा अझै ११ जना बेपत्ता, खोजी जारी
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन्।  

Muktinath Bank

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको  हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उनले बताए।  उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ।  स्थलगत रुपमा प्रहरी, स्थानीय र टानको टोली उद्धारमा जारी रहेको छ । 

Vianet communication
Laxmi Bank

बाख्रा जोगाउन खोज्दा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु र  पाँच घाइते भएका छन् ।

जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र  धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

ती दुवैलाई उपचारको लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उनले बताए। मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेका स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  बाख्रालाई जोगाउने क्रममा ट्रयाक्टर अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन् ।

आईजीपी खनाल भन्छन्, 'अपराधीले टाउको उठाउने मौका पाउँदैनन्'

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन्।

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको शनिबार भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताएका हुन्।

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु-याएको  खनालको भनाइ थियो । विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै खनालले भने, 'विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नाैँ।'

 आईजीपी खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए।

दलीय सहमतिपछि सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।

सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी रहेका छन् ।

पदाधिकारीविहीन भएको ९ महिनापछि समितिले नाम सिफारिस गरेको हो । समितिका सदस्य शर्मिला कार्कीले समितिको २४ औं बैठकबाट दुवै आयोगका ५/५ जना पदाधिकारीको नाम सिफारिस गरिएको जानकारी दिए ।

उनले कानून मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइएको बताए । उनले नाम सिफारिस गर्न विभिन्न कानूनी प्रक्रियाले ढिलाइ भएको बताए । ‘आयोगसम्बन्धी कानून पनि संशोधन गर्नु थियो,’ उनले भने, ‘विभिन्न प्रक्रियाले गर्दा नाम सिफारिसमा ढिलाइ भयो ।’

सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन सकेका छैनन् । 

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने सहमति भएको थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि राजपाले जारी गर्‍यो ह्वीप

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) ले गठबन्धनमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

राजपा अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोको अध्यक्षमा शनिवार बसेको बैठकले निर्वाचनका लागि ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘२०७६ माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको निम्ति राष्ट्रिय जनता पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल भए अनुसार राजपा नेपालको तर्फबाट अन्य समूहका उम्मेदवार श्री मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहका उम्मेदवार श्री शेखरकुमार सिंह, त्यसैगरी नेकपाका तर्फबाट महिला समूहका उम्मेदवार श्री तुलसा दाहाल र दलित समूहका उम्मेदवार श्री राधेश्याम पासवानलाई अनिवार्य रुपले उपस्थित भई आफ्नो अमूल्य मत दिई गठबन्धनमा रहेको चार वटै उम्मेदवारलाई विजय बनाउन पार्टी अध्यक्ष मण्डलको निर्णय अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा राजपा नेपालका मतदाताहरूलाई अत्यावश्यक निर्देशन (ह्वीप) जारी गरिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x