
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी सभामुख बन्ने निश्चित भएको छ ।
लामो समयको विवाद र अन्योल अन्त्य गर्दै नकपाले सभामुखको टुंगो लगाएको हो ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा महासचिव विष्णु पौडेलले स्थायी कमिटी सदस्य सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।