२२ जेठ २०८३, शुक्रबार

सबै प्रजातीका जनावर अब एकै ठाउँमा, अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै

माघ ७, २०७६
सबै प्रजातीका जनावर अब एकै ठाउँमा, अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै

भक्तपुर जिल्लाको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । 

नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । 

अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ । 

उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुंगीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ । 

उद्यानमा नेपालमा पाइने सबै प्रजातीका जनावर बाघ, गैंडा, हात्ती, चित्तल, मृग, नीलगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिंगरलगायत सबै प्रजातीका चरा राखिने छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्