२२ जेठ २०८३, शुक्रबार

टिप्परले मोटरसाइकललाई ठोक्दा सुर्खेतमा १ जनाको मृत्यु

टिप्परले मोटरसाइकललाई ठोक्दा सुर्खेतमा १ जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको मूलपानी चोकनजिक मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको हो ।

भे१ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएर भे१प २१७८ नम्बरमा सवार सिंहलाई किचेको थियो । दुर्घटनापछि प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालकको मृत्युपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । स्थानीय र मृतकका आफन्तले आक्रोशित हुँदै टायर बालेर प्रदर्शन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्