फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
बलिउड फिल्महरूकी सुप्रसिद्ध नृत्य निर्देशक सरोज खानको मृत्यु शुक्रवार मुम्बईमा भएको छ । हृदयघात भएको उनी बितेको बताइएको छ ।
माधुरी दीक्षित र श्रीदेवीको करीयरलाई उचाइमा पुर्याउन सरोज खानको हात रहेको बताइन्छ ।
सरोजको वास्तविक नाम निर्मला नागपाल हो । सन् १९४८ मा उनी मुम्बईमा जन्मेकी थिइन् । उनका मातापिता भारत विभाजनपछि पाकिस्तानबाट भारत आएका थिए ।
आमाबुवाकी एक मात्र सन्तान उनले बालकलाकारका रूपमा सन् १९५० को दशकबाट करीयर शुरू गरेकी हुन् । उनी ब्याकग्राउन्ड डान्सर थिइन् र आफ्नो समयका प्रसिद्ध नृत्य निर्देशक बी सोहनलालसँग उनले नृत्य सिकेकी हुन् ।
स्वतन्त्र नृत्य निर्देशकका रूपमा उनले सन् १९७४ मा आएको गीता मेरा नाम फिल्मबाट काम थालेकी हुन् । त्यसको १३ वर्षपछि बल्ल उनले मिस्टर इन्डियाको गीत हवा हवाईबाट नाम कमाइन् । उक्त गीतमा श्रीदेवीले उम्दा प्रदर्शन गरेकी छन् ।
सरोजले श्रीदेवीसँग नगिना र चाँदनी फिल्ममा पनि काम गरिन् । लोक परम्परालाई शास्त्रीय विधिसँग मिसाएर डान्स स्टेप बनाउन उनी सफल भएकी थिइन् ।
सरोजले माधुरी दीक्षितसँगको सहकार्यमा सुपरहिट गीतहरूको नृत्य निर्देशन गरिन् । तेजाब फिल्मको एक दो तीन गीत निकै प्रसिद्ध भयो । निकै पछि माधुरीसँग देवदासमा मार डाला गीत पनि असाध्यै चर्चित बन्यो । सन् १९९० को दशकमा माधुरी दीक्षितको एकछत्र राज चल्दा अधिकांश गीतमा सरोजले नै नृत्य निर्देशन गरेकी थिइन् ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...