×

NMB BANK
NIC ASIA

निरन्तर संघर्षले सफल

‘नोकर’ बनाएर दाइजोमा पठाइएका बीपीः सेल्सम्यानदेखि अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनरसम्म

दिनमै कमाउँछन् ३ लाख, पूरा हुँदै नामका अगाडि 'डा' लेख्ने धोको

धनगढी | चैत १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘निन्द्रामा देखिने दृश्य सपना होइन, सपनाले त मानिसलाई सुत्न  दिँदैन,’ यो भनाइ अन्तर्राष्ट्रियस्तरमै आफ्नो राम्रो छवि बनाएका नेपाली ‘मोटेभेसनल स्पिकर’ बीपी रेग्मीको हो । जीवन र जगतलाई सरल ढङ्गले बुझेका उनी कर्मले भाग्य झुक्ने बताउँछन् । ‘हामी मेहनत नै गर्दैनौँ । एकै पटकमा सफलता खोज्छौँ, त्यो सम्भव नहुँदा निराश बन्छौँ । अनि भन्छौँ– मेरो त भाग्यले नै साथ दिएन । दृढ सङ्कल्पसहित कर्ममा निरन्तरता भए सोचेभन्दा राम्रो नतिजा पाउन सकिन्छ,’ उनी भन्छन् । 

Muktinath Bank

इच्छाशक्ति भए असम्भव केही नभएको बीपीको अनुभव छ । ‘हाम्रो समाजमा आफ्नो घर सानोभन्दा पनि छिमेकीको घर ठूलो भएकोमा चिन्ता हुन्छ । इष्र्या र डाहले ग्रसित छ समाज । यही सङ्कीर्ण सोचाइले व्यक्तिलाई माथि उठ्न दिइरहेको छैन,’ उनले भने । सफलताको शिखरमा पुगेका बीपीको विगत भने सम्झिन लायक छैन । तर ती क्षणहरू पनि उनी भुल्न चाहँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

पढ्न नसकेपछि भारततिर
लुम्बिनी प्रदेशको बागलुङ निलिखोसा–४ थापागाउँ (हाल काठमाडौं)का रेग्मी एक साधारण परिवारमा जन्मिए । जहाँ गरिबी व्याप्त थियो । ठूलो परिवार भएकाले खान लाउनै समस्या पथ्र्योस्कूलमा उनले साथीसँग मागेर किताब पढ्नु पथ्र्योवर्षदिनमा आउने चाडबाडमा समेत मिठो मसिनो खान र राम्रो लुगा किन्न सक्ने हैसियतमा थिएन रेग्मी परिवारसँग । बीपीलाई जसोतसो एसएलसीसम्म पढाएका उनका बुवाले अब पढाउन सक्दिन भने । तर बीपीलाई भने पढ्नु नै थियो । उनलाई एक थान जिन्सको पाइन्ट लगाउन साह्रै रहर थियो । त्यो पनि पूरा नहुने अवस्था थियो । यस्तो अवस्था आएपछि आफू भागेर भारततर्फ लागेको बीपीले सुनाए । ‘बुवाले पढाउन सक्नु भएन । यसपछि म घरबाट भागेर भारत गएँ । अङ्कल नाता पर्ने एक जनाले मलाई काम लगाइदिनु भयो । चिया पसलमा काम पाए । साबुनले भाडा माझेको पहिलो पटक देखेको थिए । त्यही जिम्मेवारी मेरो काँधमा आयो । चिप्लो साबुन लगाएका गिलासहरू हातबाट खसेर फुटे,’ कहालीलाग्दो विगत सम्झिँदै उनले भने, ‘यो बेला निकै डराएको थिएँ । मैले हातको प्रवाह नगरी सबै सिसा उठाएँ । हातभरी घाउ नै घाउ भयो । रक्ताम्मे थिए हात । म भने लुकेर रुँदै थिए । मालिक आएर निर्घात कुटपिट गरे । लात्तले हानेर नाक फुटाइदिए ।’

Vianet communication
Laxmi Bank

यसपछि त्यहाँबाट भागेर बीपी काम लगाइदिने अङ्कल भेट्न गए । उनका अंकलले पनि निकै तीता शब्द प्रहार गरे । वचन लगाए । भारतका गल्ली भौतारिनुबाहेक उनीसँग त्यो बेला विकल्प थिएन । अनि घर फर्किने निधो गरे । अङ्कलसँग तीन हजार रुपैयाँ मागे । तर उनले सहजै दिएनन् । ‘तेरा बुवाले बर्षाैअघि लगेको पाँच सय त तिरेको छैन । तैँले कहाँबाट तिर्छस् ? भन्दै अंकलले बचन लगाउनुभयो । मैले हारगुहार गरेपछि अन्तिममा कागज बनाएर उहाँले मलाई पैसा सापटी दिनुभयो । अनि म घर फर्किन रेल चढ्न गए,’ उनले भने ।

दाइजोको रूपमा ‘नोकर’ भएर लगियो
अब स्वदेशमै गएर पढ्छु र केही गर्छु भन्ने इख लिएर बीपी नेपाल फर्किँदै थिए । घर आउन रेल्वे स्टेसन गएका उनको यात्रा फेरि उतै मोडियो ।  एकजना दाइ नाता पर्ने व्यक्ति रेल्वे स्टेसनसम्मै भेट्न आए । उनले ‘नेपाल गएर के गर्छस् यतै काम गर्’ भन्ने सुझाव दिए । बीपी त्यतिसजिलै मान्ने अवस्थामा थिएनन् । तर बढी नै सम्झाएपछि उनले माने । ‘ती दाइले धेरै सम्झाउनु भयो । तेरो बुवाले पढाउन सक्ने होइन गएर के गर्छस् बरु म काम खोजिदिन्छु भन्नुभयो । मैले पढ्न मन भएको बताएपछि उहाँले पढ्दै काम गर्न मिल्न भन्दै सम्झाउनुभयो । यसपछि म उहाँको पछि लागे,’ उनले भने, ‘दिनभरि घरको काम गरेर फुर्सदको समयमा पढ्दै दैनिकी बित्थ्यो । त्यो समयमा मैले महिलाका सेनेटरी प्याडदेखि पेटीकोटसम्म पनि धोएको थिएँ ।’ 

हुर्किँदै गएकी मालिककी छोरी ठूली भइन् । उनको विवाह तय भयो । त्यहाँ दाइजोसँगै नोकर पनि उपहार दिने चलन थियो । मालिकले बीपीलाई नोकर बस्न जान भने । उनले सजिलै स्वीकार गरेनन् । मालिककी छोरीलाई उनले पढ्न दिने भए जान्छु भन्ने सर्त राखे । उनले ‘कोसिस करुङ्गी’ भनेपछि बीपी जान तयार भए । ‘मलाई धेरै आस जागेको थियो । पढ्न पाउँछु भन्ने, तर उहाँहरूले मलाई पढ्न दिनु भएन । यसपछि मैले लुकेरै कलेज भर्ना गरेँ । काम गर्दै पढ्दै गर्थे,’ उनले ती दुःखका दिन सम्झिए । 

स्नातक तहको पढाइ सकिएपछि बीपीले त्यो घर छोड्ने निर्णय गरे । ‘दिदी मलाई यहाँबाट पठाउने कि म भागेर जाऊँ’ भनेपछि उनकी मालिक्नीले पत्रिका देखाउँदै ‘यहाँ जागिर खुलेको छ’ भनिन् । ‘फारम भनेर काम गर ११ हजार तलब पाउँछौँ’ भनेर बिदाइ गरिन् ।

टार्गेट थियो ३ को, बिक्री गरे २७ 
नोकरको काम छोडेर कार्यालयमा काम गर्ने भन्दै निस्किएका बीपी पत्रिकाको सूचनाबमोजिम सम्बन्धित कम्पनीमा पुगे । तर सुरक्षागार्डले उनलाई भित्र छिर्न दिएनन् । यहाँ जागिर खानका लागि कोट, टाईसहित सुटमा आउनु पर्छ भनेर फर्काएपछि उनी स्थानीय चोर बजार छिरे । सेकेन्ड ह्यान्ड सामान किनेर उनी काम खोज्न गए ।

कम्पनीका म्यानेजरले उनलाई राम्रोसँग नियालेर ‘आपको क्या चाहिए’ भने । चन्चल स्वभावका बीपीले ‘पैसा चाहिए, बोलो काम क्या हे ?’ भनेपछि म्यानेजर एकछिन अल्मलिए । ‘सायद, पैसा चाहनेले राम्रोसँग काम गर्छ भन्ने उनको मनमा परेछ । उनले मलाई एक महिनापछि कार्यालयमा आउनु भने,’ बीपीले सुनाए । उनले पाएको सेल्सम्यानको काम थियो । तीनवटा भ्याकुम बेचिसक्नु पर्ने कम्पनीको टार्गेट थियो । ‘मैले तुरुन्तै कामको आवश्यकता भएको बताएपछि म्यानेजरले पर्सि आउ भन्नुभयो । अन्ततः मैले काम पाएँ,’ उनले थपे ।

बीपी भ्याकुम बेच्न गल्ली र टोल–टोलमा भौतारिन थाले । उनलाई जसरी पनि बेच्नु थियो । एउटै घरमा पाँच पटकसम्म पुग्थे उनी । उनीसँगै सामान बेच्न हिँडेका साथीहरूले ‘सरम करो यार इज्जतका भी ख्याल करो’ भन्थे । ‘काम गर्न लाज शरम कहिले मान्नु हुँदैन इज्जत भए पो जान्छ भन्ने प्रतिक्रिया दिँदै म निरन्तर काममा लाग्थे । अनेक तरिकाले कन्भिन्स न गर्थेँ । यसरी नै महिना बित्यो,’ उनी भन्छन् । बीपीलाई म्यानेजरले पाँचवटा मेसिन बेच्यौँ भनेर सोधे । तर उनले त्यो बेलासम्म २७ वटा मेसिन बेचिसकेका थिए । ‘यसपछि म्यानेजरले मलाई आफ्नै कारमा लगेर पिजा खुवाउनुभयो । ११ हजार भारू तलब दिने भनिएको थियो तर उहाँ खुसी हुँदै २७ वटा मेसिन बेचेबापत २७ हजार भारू तलब दिएर सेल्स डिपार्टमेन्ट प्रमुखको नियुक्ति दिनुभयो,’ ती दिन सम्झिँदै उनले भने ।

अनि बने मोटिभेसनल ट्रेनर
बीपीले भारतका विभिन्न शहरमा कम्पनीको व्यापार फैलाए । त्यही सिलसिलामा उनका एकजना भारतीय साथी डा. स्नेहदले नै मोटिभेसनल तालिममा सहभागी गराए । त्यो तालिमले उनको ध्यान खिच्यो । त्यसपछि दुई वर्ष उनी निरन्तर विभिन्न तालिममा सहभागी भए । उनको क्षमता अभिवृद्धि भयो । त्यही सिलसिलामा उनले इटालीबाट माइन्ड मास्ट्री गरे । त्यसपछि उनले प्रोफेसनल तालिम दिन पनि थाले । भारतका विभिन्न शहरमा प्रेरणामूलक ज्ञान फैलाउँदै उनी नेपाल आए । यहाँका विभिन्न जिल्ला र विश्वका करिब २० भन्दा बढी देशमा गएर उनले मोटिभेसनल कक्षा दिइसकेका छन् । ‘इन्डोनेसिया, मलेसिया, यूएई लगायतका विभिन्न देशमा कक्षा लिएको छु । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा मैले तालिम दिन्छु । तालिम लिएपछि सफलता मिलेको भन्दै धेरै जनाले फोन गर्नुहुन्छ खुसी लाग्छ,’ उनी भन्छन् ।

null

नेपालमा तालिम दिएबापत दैनिक रुपमा उनले एक लाख र बाह्य  देशहरूमा जाँदा तीन लाख रुपैयाँ लिने गरेको उनी बताउँछन् । उनले दिने तालिममा बनावटी कुरा र उदाहरण प्रायः कमै हुन्छन् । उनीसँग आफ्नै जीवन भोगाइका प्रशस्त पीडासँगै खुसी छन् । असफलता र सफलता दुवै छन् । जीवनलाई कसरी चिन्ने, दैनिकी कस्तो बनाउने, लक्ष्य कस्तो लिने र उद्देश्य प्राप्तिका लागि कति मेहनत गर्ने तथा दिमागको स्मरण क्षमता कसरी बढाउने ? लगायतका जीवनपयोगी शिक्षासम्बन्धी सचेतना उनले फैलाइरहेका छन् । 

भाग्यमा होइन कर्ममा विश्वास 
अन्तर्राष्ट्रिय मोटिभेसनलको छवि बनाएका बीपी भाग्यभन्दा बढी कर्ममै विश्वास गर्नुपर्ने बताउँछन् । भाग्य र कर्मसम्बन्धी सम्झनलायक कहानी उनको जीवनमा पनि छन् ।  एसएलसी दिए पछि बागलुङमा एक ज्योतिषीलाई उनले हात देखाए । एसएलसीपछि पढाइ र कमाएको पैसा बचाउन नसक्ने भाग्य रहेको सुनाएपछि निराश बनेका उनले हरेस भने खाएनन् । ज्योतिषीलाई मात खुवाउने गरी पढ्न अनि पैसा कमाउने रहर उनको मनमा पलाइसकेका थियो ।  लक्ष्यमा पुग्न अप्ठ्यारो समयमा पनि उनले मेहनतसँगै लगनशीलतालाई छोडेनन् । त्यसैले त अहिले उनी सफलताको हकदार बनेका छन् । ‘भाग्यमा विश्वास गरेको भए सायद म अहिले पनि जुठा भाँडा र फोहोर लुगा धोइरहेको हुन्थेँ होला । तर मैले कर्ममा विश्वास गरेर प्रतिकुल समयमा पनि अध्ययन छोडिन । अहिले मसँग स्नातकोत्तरसम्मको पढाइ र सन्तुष्ट हुने गरी बैङ्क खातामा रकम छ । भाग्य होइन कर्ममा ध्यान दिन सफल भइन्छ त्यसको एक उदाहरण म आफैँ हो,’ उनले भने ।

एसएलसीपछि भारतमै अध्ययन गरेका बीपी दिल्लीस्थित सोसल युनिभर्सिटीबाट विद्यावारिधि (पीएचडी) गर्दैछन् । ‘असम्भव केही छैन । संसारमा इच्छा शक्ति भए सबै गर्न सकिन्छ नामका अगाडि डा लगाउने धोको थियो, अब त्यो पूरा हुँदैछ,’ दार्शनिक शैलीमा उनले भने ।

उत्प्रेरणामूलक तालिम दिँदै आइरहेका बीपी ‘माटो बचाऔँ अभियान’का अभियन्ता पनि हुन् । उनकै नेतृत्वमा पाँच जिल्लामा यो अभियानले सार्थकता पाएको छ । ‘प्राय शनिवार मोटिभेसनल तालिमहरू आयोजना हुन्छन् । त्योबाहेक म यो अभियानमा सक्रिय छु ।स् थानीय तह, विद्यालय तथा क्याम्पसहरूमा पनि माटो जोगाऔँ अभियानका बारेमा जानकारी दिँदै आएका छौँ,’ उनले थपे । २०८० बाट शुरू भएको अभियानमार्फत अहिले एक लाख किसानले निःशुल्क सेवा पाइसकेका छन् । 

अनौठो बानी देख्दा श्रीमती अचम्मित
विसं २०७२ सालमा नेपाल फर्किएका बीपी देशभरका विभिन्न सङ्घ–संस्थाले आयोजना गर्ने मोटिभेसनल तालिमहरूमा सहभागी भइरहन्थे । त्यही सिलसिलामा सहभागीमध्येबाट उनलाई प्रेम प्रस्ताव आयो । उनले पनि असाध्यै मन पराएपछि त्यो सम्बन्ध बिहेमा परिणत भयो । बीपीका अनौठा बानी देखेपछि उनकी जीवनसंगीनी अचम्ममा पर्थिन् । ‘म बिहान उठ्ने बेलादेखि साँझ सुत्नुभन्दा अघिसम्म त्यहाँ रहेका मेरा सम्पत्तिहरू (घरका भित्ता–गाडी लगायत)लाई ‘चुम्मा’ गरिरहन्थे । उनी मेरा गतिविधि हेरेर टोलाउँथिन् । आमालाई सबै कुरा भन्ने उनले मेरा स्वभावबारे पनि भन्न भ्याइछिन् । तर अहिले सबै कुरा बुझेपछि उनी मलाई उल्टै चुम्मा गर्छिन्,’ उनले हाँस्दै भने ।

माया व्यक्तिसँग मात्र हुने कुरामा बीपीको विमति छ । आफूले देखेको सपना र लिएको लक्ष्यसँग ‘लभ’ परेमा त्यहाँ अवश्य सफलता पाइने उनी बताउँछन् । ‘जीवनमा के गर्ने भन्ने लक्ष्य लिनैपर्छ । अनि त्यसलाई पूरा गर्न जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिइरहनुपर्छ । यसपछि सफलता अवश्य पाइन्छ,’ उनले कुरा टुंग्याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x