×

NMB BANK
NIC ASIA

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक

सहकारी ठगीमा रवि लामिछानेको नाममा उजुरी आएपनि तथ्य–प्रमाण भेटिएनः आईजीपी कुँवर

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले पोखरामा भएको सहकारी ठगीका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध ठाडो उजुरी आएको भएपनि कुनै तथ्य र प्रमाण नभेटिएको बताएका छन् ।

Muktinath Bank

बुधवार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ठाडो उजुरीमा नाम रहेकाहरू कानूनी दायरामा पर्ने अवस्था नरहेको स्पष्ट पारे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईजीपी कुँवरले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सञ्चालक गीतेन्द्रबाबु (जीबी) राई नै मुख्य दोषी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने, ‘जीबी राईका कारण नै मुख्य समस्या आएको हो ।’ 

Vianet communication
Laxmi Bank

आईजीपी कुँवरले राई मलेसिया रहेको जानकारी आफूहरूले पाएको पनि खुलासा गरे । तर सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य नभएको उनको भनाइ छ ।

‘नेपालको मलेसियासँग सुपुर्दगी सन्धि भएको छैन । यसर्थ मलेसिया सरकार उनलाई यहाँ पठाउन बाध्य छैन,’ उनले भने, ‘हामी रेड कर्नर नोटिसमार्फत् इन्टरपोललाई आग्रह गरेका छौं । अहिलेसम्म उसले सहयोग गरेको छैन ।’ 

अर्को प्रशंगमा आईजीपी कुँवरले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनै दबाबको प्रभावमा नछाडी स्वास्थ्य जटिलताले छाडेको दाबी गरे । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x